Sunne Herne Katha
Sunne Herne Katha
Herne Katha
Herne Katha is a web documentary series which shows the everyday stories of ordinary people and communities in Nepal. You can now listen to the episodes of Herne Katha! Support us: Become our Patron: https://www.patreon.com/hernekatha Subscribe to our Youtube Channel: https://www.youtube.com/c/hernekatha
The Story of Fire, Iron and The Spirit | Aago, Aaran ra Aatma ko Katha
His ancestors are immortalized in the spades, axes and Khukuris of the village. He is leaving his mark on the irons. सुदूर प्रदेशका यी अस्ताचलहरुमा घाम पनि डुब्न मात्र आइपुग्छ भन्छन् । उनको आँगनबाट त घाम डुबेको पनि खोड्पेको डाँडोले छेकिदिन्छ ।
Aug 12, 2023
35 min
The Story of "Failure" | [A]safaltako Katha
It's only fictional heroes in movies that are always successful. The life of a common person is sometimes a bed of roses, and sometimes full of thorns. Stories of success are often told, but who will tell the stories of failure? कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । भूइँमा उभिएको मान्छेको जीवन त कहिले फूल, कहिले काँडा ! आँखा चिम्लिँदा पो शीतल सपना, आँखा खोल्दा त पोल्ने यथार्थ । सफल मान्छेका कथा त जति पनि भनिन्छन् । तर असफलताको कथा कसले भन्ने ?
Jul 29, 2023
36 min
Villages Chased by Monkeys | Bandarle Lakheteka Gaunharu | EP108
Villages in Nepal are disappearing due to out-migration. While some people have left to chase their dreams, the others are driven away by compulsion. Villages near the Baitadi headquarters however, have been chased away by monkeys. आजकल पहाडका गाउँहरु रित्तिन थालेका छन् । बसाईं सर्नेहरुको ताँती छ । कसैलाई सपनाले बोलाएको छ । कसैलाई बाध्यताले लखेटेको छ । बैतडी सदरमुकाम छेवैका गाउँहरुलाई चाहिँ बाँदरले लखेटेको छ ।
Jul 15, 2023
40 min
Cavalry of Rara | राराका घोडचढी
रारा ताल भन्दा अली तल चुँगा भन्ने गाउँ छ । त्यहाँ बस्छन् लक्ष्मी विक र कृष्णदेवी विक । उनीहरु साथी-साथी हुन् । दुबै जनाकाे एक-एकवटा घाेडा छन् : हिमाल र लक्की । आज राराका घोडचढीका कथा । Story of horse riders from Rara Lake.
Jul 1, 2023
30 min
औषधीको अस्पताल यात्रा | The Medicine's Journey to a Hospital
मुगु सदरमुकाम गमगढीबाट छायला भन्ने ठाउँसम्म मुगु-कर्नालीको तिरैतिर बल्लतल्ल गाडी जान्छ । बर्खामा त यो पनि सम्भव छैन । मुगुम कार्मारोङ गाउँपालिकाका १२ गाउँका रासन छायलादेखि कि मान्छेले कि खच्चडले बोक्नुपर्छ । औषधी पनि खच्चड चढेरै गाउँ पुग्छन् । A motor road barely takes you from Mugu headquarters to a place called Chhayla. Even that is not possible in monsoon. The rations for 12 villages in Mugum Karmarong are then carried by either mules or humans. Lifesaving medicines also ride the mules.
Jun 3, 2023
40 min
नयाँ कथा | Naya Katha
केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी बस्तिबाट आएका फूल जस्ता नानीहरुले घेर्थे र आफ्ना जादुयी आवाजका बास्ना छर्थे । यसपालि बाटोमा गीत गाउने नानीहरु नदेखेपछि हामी उनीहरुको बस्तितिर लाग्यौं । नाम नयाँ बस्ती - तर अझै पुराना पीडाहरु बाँचिरहेका केही झुपडीहरु । #hernekatha #nayakatha -- A few years ago, while travelling through Dailekh, we were surrounded by little children from a nearby Badi community singing on the road. This time we could not find them on our way, so we headed towards their settlement - "The New Settlement". But, the old wounds still hurt the same. #hernekatha #nayakatha
May 6, 2023
41 min
दुर्गमकी डाक्टरको कथा | Durgamki Doctor ko Katha
आँखाभरि बस्ने निला आकाश, कावा खाइरहेका चराहरु, सङ्ला नदीहरु, हिउँले छपक्कै ढाकेका बुकीहरु । आहा दुर्गम त कस्तो सुन्दर । यी मुस्कुराइरहेका हिमालमन्तिर जब तुल्सीले जिङ्ग्रिङ्ग परेका रोगी गाउँहरु देखिन्, उनले मनमा खोपिएका अक्षर पढिन् - उनको काम सन्चो पार्ने हो । It takes two days of walking to reach the Pulu village of Karmarong; a remote village situated under the shadow of the lonely mountains in Mugu. Tulasi Shahi walked up these lonely mountains years ago, with a single purpose - to heal.
Apr 22, 2023
38 min
लौरोको कथा | Lauroko Katha
वैतडी देहीमाण्डुका कृष्ण लावडको सानो संसारमा चट्याङले हानेको घर छ । बाटोले लगिदिएको आँगन छ । लाखापाखा लागेका सन्तान छन् । एउटा मन छ । टाढा ग्वाल्लेकको वन छ । अनि त्यही वनका बुट्याउने खान दिन्छ --- Krishna Lawad from Dehimandu, Baitadi has an interesting but a tough profession. He goes deep into the forest to find sticks. With his inherited craftsmanship, he turns them into strong and beautiful walking sticks and sells them in the market.
Apr 8, 2023
39 min
बाघको बङ्गारा | The Tiger's Jaw
जाजरकोटको अक्करे भीरहरुमा भीर मौरीको मह खोज्न गरिएको डरलाग्दा यात्राको कथा - बाघको बङ्गारा । -- High above the steep hills of Jajarkot, Nepal, four lives are tied together in the rugged cliffs of Khal Taakuri . Along the extreme topography of Nepal, and across the mental and emotional geographies of the tenacious human spirit, this documentary witnesses the perilous journey into the tiger’s jaw.
Mar 25, 2023
59 min
कुमाउँको कथा | Kumaon ko Katha | Episode 101
बाजुराको डोगडी गाउँदेखि भारतको कुमाउँ-गढवालसम्मको दूरी कति टाढा होला ?  यो पहाडदेखि त्यो पहाडसम्मको दूरी किलोमिटर र माइलमा मात्र होइन, बाध्यता र भोकमा पनि नापिँदो रहेछ । बाजुरादेखि पिथौरागढ दुई छाक खाना र केही रोटी मात्र टाढा छ ।   नेपालका दुःखका पहाडहरु छाडी, काली तरेर भारतका पहाडहरुमा सुख खोज्न पुग्ने मान्छेहरुले परदेशी कथा बाँचेको पुस्तौं भयो ।   It has been generations since people left the mountains of sorrow in Nepal to find happiness in the mountains of India.
Mar 2, 2023
45 min
Load more