सावधान !
यस कथामा मरेका मान्छेका चिरफार, रगत र अन्य विचलित बनाउन सक्ने संवाद र दृश्यहरु छन् ।
--
Trigger Warning: Death
This episode contains graphic and auditory depictions of death and dead bodies.
--
A person is a person as long as they are alive. After death, one becomes a dead body.
“Where does one’s soul go after death?” Vishwanath Harijan does not have time for these questions. All he knows is that a person is taken to the morgue after death. But he himself goes to the morgue alive.
--
मान्छे बाँचुन्जेल पो मान्छे हुन्छ त । मरे पछि त उ मरेको मान्छे हुन्छ । प्राण वायुले शरिरका पुर्जा चलुन्जेल पो मान्छे !
मरेपछि मान्छेभित्रको प्राण कहाँ जान्छ ? मेची किनारका विश्वनाथ हरिजनलाई यस्ता कुरा सोच्ने फुर्सद छैन । उनलाई यत्ति थाहा छ, मरेपछि मान्छे मुर्दाघरमा जान्छ र उनलाई जिउँदै पनि मुर्दाघर जानुपर्छ ।



