Show notes
Story of an abandoned village near Pokhara in Western Nepal.
--
गाउँछेउ आजकल वनकुसुमहरु फुल्दैनन् । पैंयुका बोटमा अडेस लागेर बाख्रा चराउने केटाकेटीहरु भेटिँदैनन् । धान फल्ने खेतहरु वनमाराका झाडी भएका छन् । ढुँगाका छपनीहरु लेउले ढाकेका छन् । पँधेरामा पानी रसाउन छाडेको छ । बरु रसाइरहन्छ भक्तबहादुरको आँखा । रोइरहन्छ मन ।



