Show notes
A colorful story from Western plains of Nepal-India border, where a boy named Ishwar dresses as a woman and dances in parties to make a living for his poor family.
--
हेर्दा हेर्दै ईश्वरको अवतार अर्कै भयो । उनी महिलाको भेषमा प्रकट भए । दिनभरि खेत खन्नेहरु शिवजी भए, गाइ चराउनेहरु कृष्ण भए, भारी बोक्नेहरु हनुमान भए । सबै रंगमन्चका थरिथरिका पात्र भए ।



