Show notes
Stories of people and villages in the mountains of Eastern Nepal bordering India.
--
नेपाल र भारतको पूर्वी सिमानामा डाँडाँकाँडा छिचोल्दै बग्छ मेची नदी । मेची नदीकाे घुमाउराे लहरो पछ्याउँदै सिमानाका मान्छेहरु आउजाउ गर्छन् । इलामको सिमान्त गाउँका मान्छेहरु घोडा खच्चड लिएर सौदा गर्न भारतको नक्सलबारी हाट झर्दा रहेछन् । हाटबाट फर्किरहेका घोडचढीहरुलाई हामीले मेची बगरमा भेट्यौं । र उनीहरुसँगै किनारै किनार उकालो लाग्यौं ।



