Show notes
Stories of Bhutanese refugees in Nepal who want to go back to their country.
--
यदि आगो सलाईले नभई आक्रोशले बल्थ्यो भने भुटानी शरणार्थीहरु बस्ने झापाकाे याे शिविरमा चौबिसै घन्टा डढेलो मात्र लागिरहेको हुन्थ्यो होला । एक जना चट्टान झैं डाक्टर छन् । भम्पा राई । शिविरका अवशेषहरुमा डुली हिँड्दा देश फर्किने आशमा बसिरहेका मानिसहरु मकै जस्तै पड्किन्छन् । फूल उठेका मकैजस्तै हिउँ परेका बेला जन्मिएका थिए भम्पा ।



