Lil prakash Chand
Lil prakash Chand
lilprakash
I have bee working in Nepal as a multimedia journalist since 2005. Interested to do interview based, informative and educational, youth and cultural programs. I feel proud when the community appreciated my work and feel motivated. received frist Youth journalism award (Radio) by government of Nepal, ministry of youth and sports, 2075 BS. Kathmandu valley regional education journalism award from government of Nepal, Ministry of Education, Science and technology, 2073 BS & Best district reporter award from Radio Madhya Paschim FM, Dang, 2064 BS.
नेपालको जहाज पहिलो पटक जापानको नारिता विमानस्थलमा अवतरण गर्दा रुने दुई युवती को थिए ?
On February 19, 2020, an airplane of the Nepal Airline's, owned by the Government of Nepal, landed at Narita Airport in Japan for the first time. There were 234 passengers on the plane. When the plane reached the airport, two Nepalese girls were working there and cried with joy. This video focuses on the love of Nepali people abroad. About 90 thousand Nepalis live in Japan. https://www.youtube.com/@sajhathalo
May 31, 2024
4 min
टीयू पढ्दाताका ती दिनहरू
नेपालको सङ्घीय राजधानी काठमाडौँ । पहिलो विश्वविद्यालय काठमाडौँको कीर्तिपुरमा छ । यहाँ पढ्दाताका सम्झनाका बारेमा यो भिडिओ केन्द्रीत छ ।
May 31, 2024
59 sec
जाजरकोट भूकम्प प्रभावितलाई मनोवैज्ञानकि सहयोग र निगारनी आवश्यक
कात्तिक १७ गतेको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५४ जनाको मृत्यु भयो । भूकम्पको १ महिनाभन्दा धेरै समय बितिसक्यो । प्रभावितहरू सम्हालिँदै छन् तर उनीहरूलाई मनोवैज्ञानिक सहयोग र निगरानी आवश्यक छ ।
Dec 15, 2023
3 min
सीआईएनको सूचनापछि कहिल्यै बल्झिएन हरिप्रसादको घाउ
आफ्नो परिवारको सङ्ख्या धेरै भएको उल्लेख गर्दै हरिप्रसादले थोरै भए पनि भत्ताको रकमले घर खर्च चलाउन सहयोग पुगेको बताउनुभयो । सूचना जानकारीका लागि हालसम्म टेलिभिजनमा भर पर्दै आउनुभएका गौतम रेडियोबाट पाएको जानकारीका आधारमा सामाजिक सुरक्षा भत्ता पाउन सफल भएपछि भने उहाँले अब घरमा नै रेडियो राख्ने निर्णय गर्नुभएको छ । 'फेरिफेरि पनि त्‍यस्तो केही पर्न आयो भन्देखिन् सुन्न पाइन्छ नि, हो कि होइन भन्नुस् त ? बाहिर सुनेको भन्दा त आफैँले सुनेको राम्रो।' हरिप्रसादले हाँस्दै आफ्नो विचार सुनाउनुभयो ।
Aug 24, 2021
3 min
नेपाल-भारत सीमा विवाद, सुरु र अन्त्यको सम्भावना | लेखक तथा अध्ययता रतन भण्डारीसँगको कुराकानी
भारतले सार्वजिनक गरेको नक्सामा नेपाली भूभागपरेपछिको नेपालको विरोध, ७१ स्थानमा मिचिएको नेपाली सीमाना, अतिक्रमित भूभाग एकसाथ फिर्ता आउने सम्भावना र चुनौतीको बारेमा नेपाल-भारत सीमा विवाद बारेका अध्यता रतन भण्डारीसँग गरिएको विशेष कुराकानी । सुनेर प्रतिक्रिया लेख्न सक्नुहुनेछ ।
Nov 9, 2019
27 min
कलाकार, सांसदहुँदै सभामुखसम्मको पूर्ण घर्तीको उतारचढाव
तत्कालीन माओवादीले रोल्पालाई ‘लाल क्षेत्र’ बनाउन २०५० सालमा रुकुममा पर्ने सिस्ने हिमाल र जलजला माईको नामबाट ‘सिज’ अभियान सुरु गर्‍यो । त्यस्को २ वर्षपछि अभियान नियन्त्रणका लागि सरकारबाट रोल्पामा ‘अप्रेशन रोमियो’ चलाउँदाताका परिचालित सुरक्षाकर्मीबाट भएका ज्यादतीपछि पूर्ण घर्तीले लेख्नुभएको ‘ढल्दैन त्यो’ बोलगको गीत लेखक स्वयं र माइला लामा, सीता आचार्यलगायतले गाउनुभयो । रोमियो अप्रेशनको तीन महीनापछि माओवादीले सशस्त्र विद्रोहको घोषणा गर्दा रोल्पाली मात्र होइन सिङ्गो मुलुक नै स्तव्ध भयो । विद्रोहीहीहरूमा उत्साह देखिए पनि अरु सामान्य अवस्थामा थिएनन् । गायक तथा लेखक घर्तीले नै लेख्नुभयो,‘एकै रातमा धरती हल्लियो ।’ अनि गायनमा उहाँलाई सीता आचार्यले सघाउनुभयो । राजनीतिले नेतृत्व गर्थ्यो र कला,साहित्य, सेना,सङ्गठन,बिभिन्न जनवर्गीय सङ्गठन इत्यादीले सेवकको रूपमा काम गर्थे ।’ घर्तीले सीआईएनसँग भन्नुभयो, ‘हामीले पनि त्यही भूमिका निर्वाह गरेका थियौँ ।’ ३ दर्जनभन्दा धेरै गीत लेख्नुभएका घर्तीका सबै गीत रेकर्ड हुन पाएनन् । उतिबेला माओवादीले लिएका सिद्धान्त र अपनाइएका रणनीतिसँग मिल्नेगरी कलाकारहरूले गाउनु र नाच्नुपर्थ्यो । ‘जोशिलो अभिावदन’, ‘यात्रा हाम्रो’ लगायतका गीत लेख्दा र गाउँदासम्म सशस्त्र युद्ध थालिएको करिब २ वर्ष भईसकेको थियो । उहाँले २०४७ देखि १७ वर्ष अखिल नेपाल जनसाँस्कृतिक सङ्घको केन्द्रीय समितिमा रही राप्तिस्तरीय साँस्कृतिक अभियानको नेतृत्व गर्नुभयो । यसबीचमा गठन भएको तत्कालीन जनमुक्ति सेनाको बारेमा घर्तीले लेख्नुभएको ‘जनमुक्ति सेना हामी’ बोलको गीतले उतिकै चर्चा पायो । २०५८ देखि २ वर्ष माओवादी निकट केन्द्रीय साँस्कृतिक टोली संयोजक, केन्द्रीय श्रव्यदृश्य प्रमुख एवम् केन्द्रीय साँस्कृतिक विभाग सदस्य रहनुभएका पूर्ण घर्ती ५४ देखि तीन वर्ष भने रुकुम जिल्ला सेक्रेटरी बन्नुभयो । २०५७ मा रुकुमको पहिलो जनसरकार प्रमुखमा निर्वाचित भए पनि कलम चलाउन र स्वर दिन भने उहाँले छोड्नुभएन । अचेल पनि प्रायः गीतहरू सुन्दा गुनगुनाउने गरेको सुनाउँदै उहाँले भन्नुभयो, ‘अहिले गाउने अभ्यास त्यति नभए पनि त्यतिबेला खुब चासो र रुचि थियो । गीतसङ्गीतले जोकोहीलाई प्रभाव त पारीहाल्छ । अहिले पनि हातहरू चल्छन्, गुनगुनाउन मन लाग्छ ।’ रुकुमको खारा युद्धमा माओवादीले ठूलो क्षति व्यहोनुपर्‍यो भने कालिकोटको मालकोट र रोल्पाको थवाङमा दर्जनौँ घर जलाइएका थिए । यस्तो बेला पार्टीभित्र देखिएको सन्नाटा र निरासा चिर्न फेरि घर्तीले २०५९ सालमा ‘कसले भन्छ, क्रान्ति यहाँ’ बोलको गीत लेख्नुभयो र मोहित श्रेष्ठको सङ्गीतमा श्रेष्ठलगायतको स्वरमा रेकर्ड गरियो ।साविक रूकुमको चुनवाङ्ग ६ लाखर खोलामा २०२४ सालमा निम्नमध्यम परिवारमा पूर्ण घर्ती जन्मनुभएको हो । १७ वर्षको उमेरमै अनेरास्ववियुको सङ्गठित सदस्यता प्राप्त गरी मावि रूकुमकोटको ईकाइ सदस्य भए पनि जनतामाझ भने आफूले संस्कृतिकर्मीको रूपमा परिचय बनाएको उहाँको बुझाइ छ । कहिलेकाहीँ देखेका, सुनेका गीत पनि गाएको उल्लेख गर्दै कहिले आफैले लेखेर गाए पनि जनतालाई सुसूचित गर्ने काम गरिएको धारणा राख्नुभयो । ‘जनताको बीचमा जाने मौका पाएँ र मलाई संस्कृतिकर्मीकै रूपमा उनीहरूले चिने ।’ घर्तीले थप्नुभयो । २०६३ सालमा शान्ति सम्झौता भएर माओवादी शान्ति प्रक्रियामा आएपछि पनि पार्टीको बिभिन्न पद र जिम्मेवारी उहाँले निभाउनुभयो । गायनकै क्रममा चिनजान, सहकार्य र प्रेम बसेको ४ वर्षपछि ५१ सालमा पूर्ण घर्तीको विवाह सीता आचार्यसँग भयो । २०७४ मसीर २२ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा रुकुम पूर्व २ बाट निर्वाचित भएको तीन महिनापछिदेखि भने गायक, लेखक र सङ्गीतकारको रूपमा परिचित पूर्ण घर्ती प्रदेश नम्बर ५ को सभामुखको भूमिकामा हुनुहुन्छ ।
Nov 6, 2019
12 min
सांसद् हुँदै सभामुखसम्म तर गहिरो कलाप्रेमी
पञ्चायतदेखि बहुदल होस् वा जनयुद्धदेखि लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलनमा पनि कलाकारहरूको महत्वपूर्ण भूमिका रह्यो । तत्कालीन सशस्त्र युद्ध र त्यसअघिको पञ्चायत ढाल्नका लागि सांस्कृतिक रूपमा सक्रिय पूर्ण घर्तीको योगदान र नेतृत्व पनि महत्वपूर्ण नै रह्यो । 
Oct 20, 2019
5 min
निर्णायक तहमा महिलाको भूमिका बढाउन र मातृ तथा शिशु मृत्यु दर कम गर्न पुरुषहरु परिचालन (अडियोसहित)
महिला तथा बालबालिकाको स्वास्थ्यका बारेमा चेतना जगाउन गठन गरिएका पुरुष समूह बाँकेमा प्रभावकारी बनेका छन् । मातृ तथा शिशु मृत्युदर कम गर्न सबै पुरुषले सहयोगी भूमिका नखेलेको पाइएपछि बा समूह गठन गर्ने अभियान चलाइएको हो ।
Sep 2, 2019
3 min
हिमालकै कारण गाउँघर समृद्ध बन्दै
स्थानीय निकाय हुँदा थोरै रकममा चित्त बुझाउने गाउँपालिकाले रोयल्टीवापद् करौडौँदेखि सयदुई सय भाग पाएका छन् । थोरै पाउनेहरू भने रोयल्टीको मापदण्ड सच्याउनुपर्ने पक्षमा छन् ।
Aug 27, 2019
3 min
स्थायी शिक्षक नियुक्तिमा शक्तिहरूको सङ्घर्ष
तीन तहका सरकारका काुनन र क्षेत्राधिकार बारेको अन्यौलताका कारण स्थायी शिक्षक नियुक्तिमा समस्या देखिएको छ । एकलेअर्काको निर्णय र निर्देशन कार्यान्वयन नगर्ने अवस्था भएपछि सिफारिस भएका शिक्षक भने तनावमा छन् ।
Jul 30, 2019
4 min
Load more