Show notes
The story of traditional archery in a village in Myagdi district, Gandaki Province, Nepal.
--
कथा खोजीका हाम्रा यात्राहरु यस्तै हुने गर्छन् । कहाँ कतिखेर अडिन्छौं पत्तो हुँदैन । पात्रहरुले लोभ्याएपछि गन्तव्य बिर्सिदिन्छौं र त्यही सेरोफेरोमा कथा बुनिदिन्छौं । माघे संक्रान्तिको छेकोमा बर्सेनी हुने मेला सुरु भएको थियो । हामीलाई तारोले तान्यो ।



