Show notes
For ages, men from 'Damai' community in Rukum, Western Nepal played a set of instruments called 'Panche Baja' (Five Instruments). They played their music in different ceremonies in the community including weddings and funerals. However, people started quitting this traditional profession. One day, something happened...
--
रुकुम सदरमुकाम खलङ्गा छेवैको दलित बस्तिका पुरुषहरुले बाउ बाजेको पालादेखि पन्चे बाजा बजाउने काम गर्दै आएका थिए । जन्तीदेखि मलामीसम्म पन्चे बाजा नभई हुँदैन थियो । बिस्तारै समय फेरियो । पन्चे बाजाको ठाउँमा आधुनिक ब्यान्ड बाजा र लाउड स्पीकर घन्किन थाले। बाउ बाजेको बिँडो थाम्दै आएका नयाँ पुस्ता पनि कतार मलेसिया कै कमाईमा रमाउन थाले । हुँदा हुँदा यो गाउँमा पन्चे बाजा नै बज्न छाड्यो ।



