AudiTip Nippon
AudiTip Nippon
Team D.I.
[Tips.24- नेपाली भाषा /Nepali] कोभिड-१९ भ्याक्सिन बाट हुने गम्भीर रियाक्सनको लागि राहत प्रणाली
3 minutes Posted Jul 13, 2021 at 2:33 am.
0:00
3:53
Download MP3
Show notes

Translation by Ojha Laxman      Narration by Nima Hyolmo        Text by Osamu Saito,  Miduho Morita(2021/06/07) 


N१) जापान सरकारको एक प्रणाली छ, जस अन्तर्गत यदि तपाईं कोभिड-१९ भ्याक्सिनको कारणले बिरामी वा अपाङ्ग हुनुभयो भने, तपाईंले सरकारी क्षतिपूर्ति प्राप्त गर्न सक्नुहुनेछ। मृत्युको अवस्थामा मृतकको परिवारले राहत कोष प्राप्त गर्नेछ।

N२) त्यस्ता केहि मामिलाहरू छन् जहाँ मानिसहरूलाई कोभिड-१९ भ्याक्सिनको प्रतिकूल प्रतिक्रिया भएको थियो। जापानीमा यसलाई "फुकु-हान्नो" भनिन्छ। यस्तो तपाईंको प्रतिरक्षा प्रणालीले तपाईंको शरीरलाई भाइरसबाट खोपको समयमा बचाउने प्रयासको कारण हुन्छ। जसलाई एलर्जी छ वा जसले नियमित रूपमा केही औषधि लिन्छन् उनीहरूलाई प्रतिक्रिया हुने सम्भावना बढी हुन्छ। तर धेरै व्यक्तिहरू केही दिन भित्रैमा साइड इफेक्टबाट निको हुन्छन्। विरलै अवस्थाहरूमा, केहि व्यक्तिहरूले अलि लामो समयपछि पनि बिरामी महसुस गर्छन् वा केहि लामो समयसम्म लक्षणहरू देखिन्छन्। केहि चरम अवस्थाहरूमा, तिनीहरू गम्भीर बिरामी पर्न सक्दछन्, कहिलेकाँही पक्षघात पनि हुन सक्दछ। यदि तपाईंले बिरामी महसूस गर्नुहुन्छ वा गम्भीर प्रतिक्रिया महसूस गर्दै हुनुहुन्छ भने, चिकित्सा जाँचको लागि अस्पताल जानुहोस्।

N३) यदि तपाईंलाई खोपबाट केही साइड इफेक्टहरू भयो भने कृपया यो राहत प्रणालीको फाइदा लिनुहोस्। तपाईंको उपचार वा अस्पताल भर्नाको लागि लागेको सबै वा केहि खर्चहरू पूर्ण वा आंशिक फिर्ती रकम प्राप्त गर्न सक्नुहुनेछ। कृपया सरकारी कार्यालयसँग परामर्श लिनुहोस जहाँ तपाईंको बसाई दर्ता छ।

N४) यदि डाक्टरले तपाईंलाई भ्याक्सिनबाट साइड इफेक्टको कारण बिरामी भएको वा अस्पतालमा भर्ना गरिएको हो भन्यो भने तपाईंको अस्पतालमा खर्च भएको रकम प्राप्त गर्न सक्नुहुनेछ। उदाहरण को लागी, भ्याक्सिनको प्रतिक्रियाको कारण खर्च भएको सबै मेडिकल खर्चहरू फिर्ता भुक्तान हुनेछ। यदि तपाईं अस्पतालमा भर्ना हुनुहुन्छ भने तपाईंले त्यो महिनाको लागि ३०,००० येन भत्ता पाउनुहुनेछ। यदि तपाईं शारीरिक वा मानसिक रूपमा अशक्त हुनुभयो भने, तपाईंले एक बर्षमा ३ देखि ५ मिलियन येन प्राप्त गर्न सक्नुहुन्छ। मृत्यु भएको अवस्थामा तपाईंको परिवारले राहत रकम प्राप्त गर्नेछ।

N५) कृपया सचेत रहनुहोस् कि सहयोग प्राप्त गर्ने बेलामा, यदि सबै कागजहरू प्राप्त हुँदा र डाक्टरले तपाईंको रोगलाई भ्याक्सिनको कारणले हो भन्ने पुष्टि गर्ने प्रमाणीकरण प्रक्रियाले धेरै महिना लिन सक्दछ। राहत अन्तर्गत प्राप्त गर्ने रकमको लागि, खोपसँग सम्बन्धित सबै कागजातहरू सुनिश्चित गर्नुहोस्। उदाहरण को लागी, तपाईंका खोप प्रमाणपत्रहरू जुन तपाईंले दुवै डोज पछि प्राप्त गर्नुहुनेछ। तपाईले एउटा प्रमाण पत्र मेल मार्फत पाउनुहुनेछ जुन तपाईले स्थानीय सरकारबाट प्राप्त गर्नुहुनेछ र एउटा तपाईंले खोपको समयमा अस्पतालमा पाउनुहुनेछ।


[reference]

予防接種健康被害救済制度について  厚労省

https://www.mhlw.go.jp/bunya/kenkou/kekkaku-kansenshou20/kenkouhigai_kyusai/

自治体からの発信例 広島県

https://www.city.hiroshima.lg.jp/site/korona/221491.html

新潟県新型コロナワクチン医療健康相談センター

https://www.youtube.com/watch?v=MZlneslQZP0&t=354s