Sanaatana | सनातन
Sanaatana | सनातन
Kamalesh Dawadi
सनातन ज्ञान हो। सनातन नित्य रहिरहन्छ। सनातन सुनिश्चल रहन्छ।अर्थात् सनातन भनेको सधैँ हुने नित्य वस्तु हो। परापूर्व कालदेखि चलिरहेको ऋषिमुनिहरूको जीवनजगत्-सम्बन्धित दार्शनिक चिन्तनलाई युगसापेक्ष माध्यमबाट पुनर्व्यक्त गर्नु नै सनातन श्रव्यचिन्तनको ध्येय हो। सनातन रत्नलाई विश्वसामु सुलभ गराउनु सनातन श्रव्यचिन्तन(पोडकास्ट) हो। It is eternal knowledge. Sanatan remains forever. Sanatan remains stable. That is, Sanatan is an everlasting thing. The goal of Sanatan Shravya Chintan is to re-express the life-related philosophical thoughts of the sages which have been going on since time immemorial. Ma
शरीरसृष्टि
‘शरीरसृष्टि’ श्रव्यचिन्तनमा आत्माको भोग गर्ने आयतन- शरीरको विवेचना गरिएको छ। ‘शृ हिंसायाम्’ अर्थात् ह्रासवृद्धि हुने वस्तु नै शरीर हो। जीवले बाह्य विषयको ग्रहण पञ्चज्ञानेन्द्रिय र पञ्चकर्मेन्द्रियका माध्यमले गर्दछ भने अन्तर्जगत्को ज्ञान मन, अहंकार र बुद्धिका माध्यमले गर्दछ। यसरी गरिने भोगमा पनि तीन अवस्थाहरु हुन्छन्- जाग्रत्, स्वप्न र सुषुप्ति। जाग्रत् अवस्थामा इन्द्रियहरू आफ्नो विषयसँग जोडिन्छन् र त्यसबाट भोग हुन्छ। कानले शब्द, छालाले स्पर्श, आँखाले रूप, जिब्रोले रस र नाकले गन्धको ग्रहण गर्छ। सुखदुःखादिको भोग बुद्धिले गर्छ। जाग्रत् अवस्थामा इन्द्रियहरू क्रियाशील भएर भोग गर्छन् तर स्वप्नमा भोग केवल मनका माध्यमले हुन्छ। सुषुप्ति अवस्थामा त मन पनि लीन हुन्छ, अत: केवल अज्ञानको मात्र अवस्थिति रहन्छ। यसै अज्ञानलाई हटाउनु नै जीवनको लक्ष्य हो। देश, काल, कर्मफलादिको बन्धनबाट छुटाउने प्रयत्न गर्नु नै मानव शरीरको मुख्य प्रयोजन हो। Sarir Sristi' audio-contemplation discusses the role of the body in relation to Aatma. 'Shre Hinsayam', that is,the sarir(body) is a thing that decreases and increases. The living entity receives external things through the five knowing senses and the five working senses, while the inner world is received through Mana, Ahankar and Buddhi. There are three states in this kind of indulgence - Jagrat(waking), Swapna(dreaming) and Sushupti(deep sleep). In the Jagrat state, the senses are connected to the subject and enjoy it. The ear connects words, the skin connects touches, the eyes connects shape and vision, the tongue connects juices, and the nose connects odors. Buddhi enjoys happiness and sorrow. In the Jagrat state the senses are actively enjoying, but in Swapna the enjoyment is only through the Mana. In the state of Sushupti, the Mana is also absorbed, so only ignorance remains. The goal of life is to remove this ignorance. The main purpose of the human body is to try to free oneself from the bondage of space, time and karma.
Mar 31, 2021
14 min
चक्रसृष्टि
‘चक्रसृष्टि’ श्रव्यचिन्तनमा चक्रका बारेमा विवेचना गरिएको छ। क्रियते अनेन अर्थात् शक्ति सञ्चालन गर्ने केन्द्र नै चक्र हो। लययोगमा षट्चक्र प्रसिद्ध छन्- मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्ध र आज्ञा। षट्चक्रको समष्टि सहस्रार चक्रलाई मानिन्छ। कमलको फूल जस्तै भावना गरिएको चक्रमा आधार, बीज, कर्णिका, पात, देवता, योगिनी, लिङ्गादि रहन्छन्। यसै कारणले चक्रको स्वरूप फरकफरक हुन्छ। पृथिवीतत्त्वसँग सम्बन्धित मूलाधारचक्र गुदाबाट २ अंगुल माथि कन्ददेशमा रहेको हुन्छ। जलतत्त्वसँग सम्बन्धित स्वाधिष्ठानचक्र लिङ्गमूलमा रहेको हुन्छ। तेजतत्त्वसँग सम्बन्धित मणिपूरचक्र नाभिमा रहेको हुन्छ। वायुतत्त्वसँग सम्बन्धित अनाहतचक्र हृदय देशमा रहेको हुन्छ। आकाशतत्त्वसँग सम्बन्धित विशुद्धचक्र कण्ठमा रहेको छ। मनतत्त्वसँग सम्बन्धित आज्ञाचक्र भ्रूमध्य(आँखिभौँको बीच)मा रहेको हुन्छ। यी सबैभन्दा माथि शिरमा सहस्रारचक्र रहेको हुन्छ। शरीरमा शक्ति सञ्चालन चक्रका माध्यमबाट हुन्छ। विशेषतः कुण्डलिनी शक्ति मूलाधारचक्रमा र पुरुषतत्त्व सहस्रारचक्रमा रहन्छन्। कुण्डलिनी शक्तिलाई पुरुषतत्त्वमा लय गराउने बाटो सुषुम्णा नाडी हो र यसमा नै षट्चक्र रहेका हुन्छन्। ‘Chakra Sristi' deals with chakras. The chakra is the center of action. The six chakras are famous in Layayoga - Muladhara, Swadhisthana, Manipur, Anahata, Vishuddha and Ajna. The aggregate of the six chakras is considered to be the Sahasrara chakra. The chakra is like a lotus flower and has base, seed, gametes, leaf, devata, yogini, linga. Due to this, the shape of the chakra varies. Muladhara chakra,related to Prithvi-tattva, is located 2 inches above the anus. Swadhisthana Chakra,related to Jala-tattva, is at the root of gender. Manipur Chakra associated with Tejas-tattva is located in the navel region. Anahata Chakra related to Vayu-tattva is located in the heart region. Vishuddha Chakra related to Aakash-tattva is in the throat region. Ajna Chakra related to Mana-tattva is in the middle of the eyebrows. At the top of these is the Sahasrara Chakra,at top of head. The shakti movement in the body takes place through the chakras. In particular, the Kundalini-shakti resides in the Muladhara Chakra and the Purusha-tattva in the Sahasrara Chakra. The Sushumna-nadi going through the spine is the way to harmonize the Kundalini-shakti with the Purusha-tattva and it contains the six chakras.
Mar 31, 2021
14 min
अर्थसृष्टि
‘अर्थसृष्टि’ श्रव्यचिन्तनमा शब्दका माध्यमबाट बुझिने अर्थका बारेमा विवेचना गरिएको छ। स्वर वर्ण, व्यञ्जनवर्णहरू मिलेर शब्दको सृष्टि हुन्छ र ती शब्दहरूको अवस्थिति चक्रहरूमा रहेको हुन्छ। तिनै शब्दहरूको संयोजनबाट धातुहरू बन्दछन्। शब्दहरूको विशेष संयोजनबाट बनेका धातुहरूमा प्रत्यय र उपसर्गहरू लागेर अनेक अर्थहरू बोधित हुन्छन्। यसरी अर्थको ज्ञान गराउनका लागि तीन शक्तिहरू छन्- अभिधा, लक्षणा र व्यञ्जना। धातु र प्रत्ययका माध्यमबाटै वक्ताको तात्पर्य बुझिने शक्ति अभिधा हो। मुख्यार्थको बाध भएर अन्यार्थबोध भएमा लक्षणा हुन्छ। अभिधा, लक्षणाबाट पनि वक्ताको आकांक्षा नबुझिएमा व्यञ्जनाशक्तिका माध्यमबाट अर्थ बुझिन्छ। यसरी त्रिविध शक्तिका माध्यमबाट बुझिने अर्थको रस ९ प्रकारका हुन्छन् - शृंगार, वीर, करुण, अद्भुत, हास, भयानक, वीभत्स, रौद्र र शान्त। यसरी शब्दका माध्यमबाट विविध भावहरू व्यक्त हुनु पनि कुण्डलिनी शक्तिको नै प्रभाव हो। Arthasrishti' audio-contemplation discusses the meaning understood through words. A word is formed by combining vowels and consonants. The position of those words is in the chakras. Root words are formed by the combination of those words. Roots made from special combinations of words have many meanings by adding suffixes and prefixes. There are three powers for imparting knowledge of meaning- Abhidha, Lakshana and Vyanjana. The power to understand the meaning of the speaker through roots and suffixes is the Abhidha. Lakshana is used when there is a sense of ambiguity due to obstruction of the main meaning. If the aspirations of the speaker are not understood even from Abhidha and Lakshana, the meaning is understood through Vyanjana. Thus there are 9 types of feelings that can be understood through the threefold power - Srinagar(beauty), Veer(heroism), Karuna(compassion), Adhbhut(wonderful), Haas(humor), Bhayanak(horror), Vibhatsa(odious), Raudra(fury) and Shanta(calm). The expression of various emotions through words is also the effect of Kundalini-shakti.
Mar 31, 2021
13 min
शब्दसृष्टि
‘शब्दसृष्टि’ श्रव्यचिन्तनमा व्यष्टि-समष्टि सम्बन्धले शब्दको सृष्टिका बारेमा विवेचन गरिएको छ। शब्दको सृष्टि चार तहमा हुने गर्दछ- परा, पश्यन्ती, मध्यमा, वैखरी। समस्त विश्वमा शब्दसृष्टि हुँदा प्रथमत: नाद, बिन्दु हुँदै ॐको सृष्टि हुन्छ। ॐबाट सप्तस्वर- सा (षड्ज), रे (ऋषभ), ग (गान्धार), म (मध्यम), प (पंचम), ध (धैवत), नि (निषाद) आउँछन्। ७ स्वरमा विविध विकार र संयोजन भएपछि वर्णहरू सृष्टि हुन्छन्। ती वर्णहरू हुन्- १६ स्वर वर्ण(अ-अ:), व्यञ्जनवर्ण (कवर्ग क ख ग घ ङ, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग, य,व,र,ल,श,ष,स,ह,क्ष)। यिनै शब्दहरूको विशेष संयोजनबाट धातुहरू बन्दछन् र तिनै धातुहरूको विशेष अर्थहरूका माध्यमबाट अनन्त सृष्टिको विवेचन गर्न सकिन्छ। जीवको शरीरबाट पनि शब्दसृष्टि हुन्छ र त्यसको कारण कुण्डलिनी शक्ति हो। आभ्यन्तर र बाह्य प्रयत्न गरेर हामीले शब्द उत्पादन गर्छौं। यसरी शब्द उत्पादन हुँदा परावाक् मूलाधार चक्र(शक्ति सञ्चालन हुने केन्द्र)बाट, पश्यन्तीवाक् स्वाधिष्ठान चक्रबाट, मध्यमावाक् अनाहत चक्रबाट र वैखरीवाक् विशुद्ध चक्रबाट निक्लन्छ। यसरी शक्तिका माध्यमबाट शब्द सृष्टिको विवेचन गरिएको छ। In 'Shabdasrishti' audio-contemplation, the individual-collective relationship is discussed about the creation of words. The creation of words takes place in four levels- Para, Pashyanti, Madhyama, Vaikhari. When words are created all over the world, first of all, Naad is created.From Naad comes Bindu ,and then Om. From Om comes Saptaswara- Sa (Shadja), Re (Rishabha), G (Gandhara), Ma (Madhyam), Pa (Pancham), Dha (Dhaivat), Ni (Nishad). Characters are formed when there are various disorders and combinations in the tone. These letters are: 16 vowel letters (अ-अ:), consonant (कवर्ग क ख ग घ ङ, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग, य,व,र,ल,श,ष,स,ह,क्ष). Root words are formed by the special combination of these words, and through the special meanings of those roots, all of creation can be interpreted. Words are also produced from the body of the living being and the reason for that is Kundalini-shakti. We produce words by internal and external effort. When the word is produced in this way, it comes out in 4 steps- Paravak from Muladhara Chakra(center of power operation), Pashyantivak from Swadhisthana Chakra, Madhyamavak from Anahat Chakra and Vaikharivak from Vishuddha Chakra. Thus the word creation is interpreted through Kundalini-shakti.
Mar 31, 2021
19 min
लययोग परिचय
‘लययोग परिचय’ श्रव्यचिन्तनमा प्रकृति र पुरुषका संयोगका कारण बनेको ब्रह्माण्ड र पिण्ड(शरीर)को विवेचना गरिएको छ। ब्रह्माण्ड समष्टि समस्त सम्बन्धले बनेको छ भने शरीर व्यष्टि फरक-फरक सम्बन्धले बनेको छ। यसो हुनाले जसरी ब्रह्माण्डमा ग्रह, नक्षत्र, राशि, देवता, पितृहरू रहन्छन् ,त्यसरी नै हाम्रो शरीरमा पनि तिनको स्थिति रहेको हुन्छ। हाम्रो शरीरलाई धारण र सञ्चालन गर्ने विविध शक्तिहरूको स्थिति र गति थाहा पाएको साधक सम्पूर्ण ब्रह्माण्डको नै ज्ञान गर्न सक्षम हुन्छ। शक्तिहरू पनि स्थूल र सूक्ष्म हुन्छन्। स्थूलशक्तिलाई सूक्ष्मशक्तिमा लय गर्नु नै लययोगको लक्ष्य हो। शरीरमा शक्तिसञ्चालन ७२००० नाडीहरूको माध्यमबाट हुन्छ। तीमध्ये देब्रे नासिकासँग सम्बद्ध इडानाडी, दाहिने नासिकासँग सम्बद्ध पिङ्गलानाडी र मेरुदण्डको मध्यसँग सम्बद्ध सुषुम्णानाडीको विशेष प्रभाव लययोगमा विवेचन गरिन्छ। यी नाडीहरूको पनि सञ्चालनको मूल शक्तिस्रोत कुण्डलिनी हो। यसै कुण्डलिनी शक्तिलाई ईश्वरमा लय गराउनु नै लययोग हो। The universe and the body formed due to the relation of Prakriti and Purusha are discussed in the 'Layayog Parichaya'. The universe is made up of all relationships between Prakriti and Purusha, while the body is made up of the same relationships but is subjectively distinct. Just as there are Grahas(planets), Nakshatras(constellations), Rashis(zodiacs), Devas, and Pitris in the universe, they have a position in our body too. The seeker who knows the position and motion of the various shaktis that hold and operate our body is able to know the whole universe. Shaktis are also sthula(gross) and sukshma(subtle). The goal of Layayog is to harmonize the sthula-shakti into sukshma-shakti. Shakti is transmitted to the body through 72,000 nadis(paths of shakti transmission). Of these, the ida-nadi associated with the left nostril, the pingala-nadi associated with the right nostril, and the sushumna-nadi associated with the core of the spinal cord are considered to have special effects in harnessing shakti. Kundalini is the main source of shakti for these nadis. Through sushumna-nadi Kundali-shakti is united with Ishwara. This is the main objective of Layayog.
Mar 31, 2021
15 min
हठयोग
‘हठयोग’ श्रव्यचिन्तनमा हठयोगका ७ अङ्गको विवेचना गरिएको छ। षट्कर्म, आसन, मुद्रा, प्रत्याहार, प्राणायाम, ध्यान हुँदै समाधिमा पुग्नु नै हठयोगको लक्ष्य हो। हाम्रो शरीरमा प्राणवायु, मन र शुक्र सम्बन्धित हुन्छन्। हठयोगमा प्राणवायुमाथि नियन्त्रण प्राप्त गरेर मन र शुक्रलाई पनि नियन्त्रण गर्न सकिन्छ भनेर मानिन्छ। यसो गर्नका लागि प्रथमतः स्थूलशरीरलाई दृढ गर्नुपर्दछ। षट्कर्म- धौति, वस्ति, नेति, लौलिकी, त्राटक र कपालभाँति गरेर शरीरमा दृढता र शुद्धता आउँछ। यस्तो शरीरलाई कुनै एकठाउँमा स्थिर राख्नु आसन हो। अङ्गप्रत्यङ्गलाई विशेष अवस्थामा राखिराख्नु नै मुद्रा हो। त्यस्तै मनलाई कुनै विशेष स्थलमा नै राखिराख्नु प्रत्याहार हो। शरीरमा श्वास-प्रश्वासको गतिलाई नियमित पार्नु नै प्राणायाम हो। यसरी प्राणायाममा साधक निपुण भइसकेपछि उसले ज्योतिध्यान गर्न सक्छ। आफ्नो भ्रूमध्यमा ज्योतिको ध्यान गर्दै समाधिमा पुग्नु नै हठयोग को लक्ष्य हो। हठयोगको समाधिलाई महाबोधसमाधि भनिन्छ। The 7 steps of Hathayog are discussed in ‘Hathayog’. The goal of Hatha Yoga is to reach Samadhi through Shatkarma, Asana, Mudra, Pratyahara, Pranayama, Dhyana. Pranavayu, Mana and Shukra(sexual capability) are related in our body. It is believed that Mana and Shukra can also be controlled by gaining control over the Pranavayu . In order to do this, first of all, the Sthula-sarira(gross body) must be strengthened. Shatkarma - Dhauti, Vasti, Neti, Lauliki, Tratak and Kapalbhanti brings firmness and purity to the body. Asana keeps such a body stable in one place. Keeping different parts of the body in a special condition is Mudra. Similarly, keeping the Mana in a special place is Pratyahara. Pranayama is to regulate the rhythm of breathing in the body. In this way, after the seeker becomes proficient in pranayama, he can meditate on Jyoti. The goal of Hathayog is to reach Samadhi by meditating on the Jyoti in between one's eyebrows. The Samadhi of Hathayog is called Mahabodhasamadhi.
Mar 31, 2021
30 min
मन्त्रयोग
‘मन्त्रयोग’ श्रव्यचिन्तनमा मन्त्रयोग र यसका १६ अङ्गका बारेमा विवेचन गरिएको छ। सगुण, साकार, सच्चिदानन्द परमेश्वरको उपासना गर्न सकिन्छ भनेर मन्त्रयोगको विधान गरिएको छ। भक्तहरूले उपासना गरून् भनेर ‘एकमेवाद्वितीयं ब्रह्म’को गणेश, देवी, विष्णु, सूर्य, शिव रूपग्रहण हुन्छ। यसैबाट आकाशका स्वामी विष्णु, वायुका स्वामी सूर्य, अग्नि(तेजका) स्वामी देवी, जलका स्वामी गणेश र पृथिवीका स्वामी शिवको पनि पूजा हुन्छ। यिनै पञ्चाङ्ग देवताको नित्य पूजा गर्ने परम्परा नेपालमा रहेको छ। देवताहरूको पूजनमा मन्त्रहरूको प्रयोग गरिन्छ। मन्त्रको आफ्नै ऋषि, देवता र छन्द रहेको हुन्छ। ईश्वर तत्त्वलाई बुझाउने मन्त्र प्रणव(‌‍‌‌ॐ) हो । यसै हुनाले ॐको जप, अर्थभावन गरेर ईश्वरतत्त्वलाई बुझ्न सकिन्छ। ॐ बाट नै सबै शब्दहरूको पनि सृष्टि हुन्छ। मन्त्रका माध्यमले भक्ति, शुद्धि, आसन, पञ्चाङ्गसेवन, आचार, धारणा, प्राणायाम, मुद्रा, तर्पण, हवन, बलि, याग, जप, ध्यान हुँदै समाधिको अवस्थामा पुग्न सकिन्छ। मन्त्रको माध्यमबाट पुगिने समाधिलाई महाभावसमाधि भनिन्छ। Mantrayog discusses about mantrayog and its 16 steps. Mantra Yoga has been enacted that Saguna, Sakar, Sachchidananda Ishwara can be worshiped. Ganesh, Devi, Vishnu, Surya and Shiva are transformed forms of 'Ekmevadvitiyam Brahman' for the devotees to worship. So Vishnu(the lord of the Aakash), Surya(the lord of the Vayu), Devi(the lord of Tejas), Ganesh(the lord of Jala) and Shiva(the lord of the Prithvi) are worshiped. There is a tradition of worshiping these Panchang-devas in Nepal. Mantras are used in the worship of gods. The mantra has its own Rishi, Deva and Channda(verse) . The mantra that explains the Ishwara element is Pranav (Om). Due to this, Ishwara can be understood by chanting,dealing with the meaning of Om. All words are created from Om. Through mantras, one can reach the state of samadhi through bhakti(devotion), shuddhi(purification), asana, panchanga-sevan, aachara(ethics), dharana(perception), pranayama, mudra, tarpan, havan, bali, yag, jap, dhyan. Samadhi reached through mantra is called Mahabhavasamadhi.
Mar 31, 2021
19 min
योग परिचय
I‘योग परिचय’ श्रव्यचिन्तनमा निरीश्वर-सांख्य-दर्शनपछि सेश्वर-योगदर्शनको विवेचन गरिएको छ । ‘युजिर् योगे’ र ‘युज् समाधौ’ धातुबाट योग शब्द बन्दछ । अर्थात् योग गर्नु(जोड्नु) र समाधि दुवै अर्थमा नै योग शब्दको अर्थ रहेको छ। हामीले लोक व्यवहारमा ईश्वर र जीव भनेर फरक-फरक व्यवहार गर्दछौं । तत्त्वत: ईश्वर पनि पुरुषतत्त्व(चेतन) नै हो, अनि जीव पनि । जीवलाई ईश्वरसँगै लगेर जोड्नु योग हो। त्यस्तै समाधिको दशा प्राप्त गर्नु पनि योग हो - ‘योगश्चित्तवृत्तिनिरोध:’ । हामीले बाहिरी जगत्, आन्तर जगत् दुवैमा नाना पदार्थको भोग गर्दछौं । ती पदार्थहरू वस्तुतः प्रकृतिबाटै आएका हुन् । त्यसैले तिनमा रहेको सत्त्व, रजो र तमोगुणको प्रभाव हाम्रो मन ,अहंकार र बुद्धिमा पर्दछ । यसै प्रभावलाई नै चित्तमा परेको प्रभाव भनिन्छ । रजोगुणप्रधान भएको चित्त चञ्चल हुन्छ र यसलाई क्षिप्त भनिन्छ । तमोगुणप्रधान भएको चित्त मोहले ढाकिएको हुन्छ र यसलाई मूढ भनिन्छ । रजोगुणको चञ्चलताले जीवलाई क्रियाशील बनाउँछ, अनि क्रिया गर्दागर्दै चित्तमा सत्त्वगुणको उदय हुन्छ । यस अवस्थालाई विक्षिप्त भनिन्छ । सत्त्वगुणको अधिकता भएको चित्तलाई एकाग्र भनिन्छ भने केवल चित्तमात्र रहेको अवस्थालाई निरुद्ध भनिन्छ । यसरी संसारमा भएका सबै जीवले प्रमाण(जस्ताको तस्तै थाहा पाउने), विपर्यय(विपरीत ज्ञान गर्नु), विकल्प (वस्तुशून्यता), निद्रा र स्मृतिको रूपमा संसारलाई थाहा पाउँछन् । यसो गर्दा चित्त अस्थिर, चञ्चल र परिणामी हुन्छ। यो सबै चित्तवृत्तिलाई निरोध गर्नु नै योग हो । In the 'Yog Parichaya' Seshwar-Yog Darshan is discussed after Nirishwar-Sankhya-Darshan. The word yog is formed from the 'Yujir Yoge' and 'Yuj Samadhau' root words. We treat Iswara and Jiva differently in folklore. In principle, Iswara and Jiva both are Chetana(Purush tatwa). Yoga is about uniting living beings with Iswara. Similarly, attaining the state of samadhi is also yoga - 'Yogash-chittavritti-nirodha:'. We enjoy various things in both the outer world and the inner world. These substances actually come from Prakriti. Therefore, influence of Sattva, Rajo and Tamoguna of Prakriti falls on our Mana, Ahankar and Buddhi. This effect is called the effect on the Chitta. Rajoguna-major chitta is fickle and it is called ‘Kshipta’. Tamoguna-major is covered with fascination and it is called ‘Mudha’. Rajoguna makes the living being active, and while doing the action, Sattva Guna arises in the Chitta. This condition is called ‘Vikshipta’. A chitta with an excess of Sattvaguna is called ‘Ekagra’, while a state with only chitta is called ‘Niruddha’. In this way, all living beings know the world in the form of Pramana (knowing as it is), Viparyaya (knowing the opposite), Vikalpa (objectivity), Nidra(sleep) and Smriti(memory). Doing so makes the chitta unstable, restless and consequential. Yoga is all about restraining the chitta.
Mar 31, 2021
20 min
विवेकख्याति
‘विवेकख्याति’ श्रव्यचिन्तनमा बुद्धितत्त्व र बुद्धितत्त्वले गर्ने  प्रकृति र पुरुषको विवेकका बारेमा चिन्तन गरिएको छ । पुरुषार्थ अर्थात्  पुरुषका लागि धर्म, अर्थ, काम र मोक्षको सम्पादन बुद्धिले नै गर्दछ । पुरुषार्थको लागि सूक्ष्म-शरीर र  स्थूल-शरीरको आवश्यकता पर्दछ ।सूक्ष्म शरीरमा बुद्धि, अहंकार, मन र  पञ्चतन्मात्रा रहन्छन् । त्यस्तै जन्म भएर स्थूल शरीर धारण गर्दा पञ्चज्ञानेन्द्रिय, पञ्चकर्मेन्द्रिय र पंचमहाभूत सूक्ष्म शरीरमा सम्बन्धित हुन्छन् । स्थूल  र सूक्ष्म शरीरको  बन्धन कर्मफलका कारण हुन्छ र त्यो बन्धनबाट निक्लिनका लागि  बुद्धिले प्रकृति र पुरुषको विवेकख्याति गर्नुपर्ने हुन्छ । त्यसका लागि बुद्धिको क्षेत्र- विपर्यय, अशक्ति, तुष्टि र सिद्धिलाई बुझ्नुपर्ने हुन्छ । बुद्धिको क्षेत्र अर्थात् प्रत्ययसर्गलाई पनि राम्ररी विवेक गरी सकेपछि मात्र  बुद्धिले विवेकख्याति गर्न सक्दछ । पुरुषले ‘नास्मि, नाहम्, न मे’ यो अपरिशेष विशुद्ध ज्ञान गरेपछि कैवल्य प्राप्त गर्छ, मुक्त हुन्छ ।  यसरी बन्ध र मोक्षलाई प्रकृति र पुरुषको विवेकख्यातिका माध्यमबाट यस भागमा विवेचन गरिएको छ । 'Viveka-khyati' audio-contemplation deals with the Buddhi and its role to recognize the difference between Prakriti and Purusha. Buddhi performs religion(dharma), meaning(artha), longings(kama) and salvation(mokshya) for Purushai.i.e,Purushartha. Purushartha requires a subtle body(Sukshma sarira) and a gross body(Sthula sarira). The subtle body has Buddhi, Ahankar, Mana and Pancha-tanmatra. Similarly, when one is born and assumes a gross body, the five sense organs(Pancha-jnanendriya), the five working organs(Pancha-karmendriya)  and the five manifested elements(Pancha-mahabhuta) are associated with the subtle body. The bondage of the gross and the subtle body is due to karma, and in order to get out of that bondage, the Buddhi  has to discern Prakriti and Purusha. For that, one has to understand the realm of Buddhi - perversion(Viparyaya), incapacity(Ashakti), contentment(Tushti) and perfection(Siddhi). It can only be discerned after fully grasping the realm of Buddhi. The Purusha attains Kaivalya after attaining this inexhaustible pure knowledge of 'Nasmi, Naham, Na Mein'. Thus bondage and salvation are discussed in this section through the discernment of Prakriti and Purusha.
Sep 28, 2020
25 min
जगत्का २५ तत्त्व
‘जगत्का २५ तत्त्व’  श्रव्यचिन्तनमा साङ्ख्य दर्शनले मानेका २५ तत्त्वको चर्चा गरिएको छ । यसमा प्रकृतिलाई भोग्या र पुरुषलाई भोक्ताको रूपमा मानिएको छ । प्रकृतिको  पुरुषले भोग गर्नको लागि स्वयं प्रकृतिबाट नै अन्य २३ तत्त्व  आउने क्रम रहेको छ । सर्वप्रथम भोग गर्नका लागि बुद्धि, बुद्धिबाट  अहंकार, अहंकारबाट सत्त्वगुणात्मक पञ्चज्ञानेन्द्रिय, पञ्चकर्मेन्द्रिय, उभयात्मक मन, तमोगुणात्मक पञ्चतन्मात्रा  र  पञ्चतन्मात्राबाट पञ्चमहाभूत उद्भूत हुन्छ । यसरी आएका तत्त्वमा बुद्धिले व्यवहार गर्दछ र भेद  बुझ्दछ । यसो हुँदा पुरुषले पनि आफूलाई   बुद्धिसँग सम्बन्धित ठान्दछ र सुख-दुःख-मोह अनुभव गर्दछ । जगत्मा ग्रहण गर्न सकिने पञ्चमहाभूत- आकाश, वायु, तेज, जल र पृथिवी; तिनका पञ्चतन्मात्रा, तिनलाई ग्रहण गर्ने पञ्चज्ञानेन्द्रिय, तिनको संकल्प गर्ने मन, ‘म’को अभिमान गर्ने अहंकार र अध्यवसाय(ज्ञान) गर्ने बुद्धिका माध्यमबाट जगत्को चिन्तन गर्न सकिन्छ, जगत्लाई समेट्न सकिन्छ । यसरी यस भागमा २५ तत्त्वको विवेचन गरिएको छ । '25 Elements of the World' discusses the 25 elements of Sankhya philosophy. In it,Prakriti( nature) is considered as a consumption and Purusha(Aatma) as a consumer. There are 23 other elements coming from nature itself for Purusha to enjoy. First of all, in order to enjoy, Buddhi arises from the Prakriti, the Ahankar(selfness) from the Buddhi.From Ahankara, under influence of Sattvaguna-- five sense organs(Pancha-jnanendriya),five working organs(Pancha-karmendriya), dualistic Mana; under influence of Tamoguna--five sensations(Panchatanmatra),and then five manifested elements(Panchamahavut) arise. Buddhi works in and understands the differences in such elements. When this happens, the Purusha  also considers himself related to the intellect and experiences happiness-suffering-infatuation.Within  Pancha-mahabhuta-- sky, air, light(energy), water and earth; through Pancha-tanmatra, the five senses organs(Pancha-jnanendriya) that receive them, the Mana that resolves them, the Ahankar that prides itself on them, and the Buddhi that pursues(knowledge), the world can be contemplated, the world can be encompassed. Thus, 25 elements have been discussed in this section.
Sep 28, 2020
20 min
Load more