Sambhasha
Sambhasha
Youth in Federal Discourse
सार्हवजनिक हक र सरोकारको विषय
11 minutes Posted Jan 27, 2022 at 2:15 am.
0:00
11:44
Download MP3
Show notes

कुनै खास व्यक्ति वा व्यक्तिहरुको व्यक्तिगत वा सरोकारमा मात्र सिमित नभई सर्वसाधरण वा कुनै जनसमुदायको सामुहिक हक, हित वा सरोकारसंग सम्बन्धित भएको विषय वा विवादलाइ सार्वजनिक हक र सरोकारको विषय भनिन्छ | सार्वजनिक हकको प्रचलनको लागि जुनसुकै नागरिकले पनि सबै प्रकारका रिट निवेदन दायर गर्न पाउँछ र यस्ता विवाद कानून र संविधानमा आधारित भई अदालतबाट निरूपण हुने प्रकृतिको हुन्छ | सर्वसाधरण जनतासंग प्रत्यक्ष रुपमा सम्बन्धित जनस्वास्थ्य, वातावरण, शिक्षा, मानव अधिकार, विकास निर्माण, बाल अधिकार, महिला अधिकार, पिछडिएको वर्ग र समुदायको अधिकार लगायत सामाजिक चासो र सरोकारको विषयहरुमा जुनसुकै नेपाली नागरिकले पनि यस्ता सार्वजनिक विषय देखाई याचिका दायर गर्न सक्दछ। सम्भासाको आजको शृंखलामा हामी यसै विषयमा केन्द्रित रही नेपालको संबैधानिक प्रावधान, उदेश्य, निवेदक उपर हुने दायित्व, नेपाली अभ्याश, सम्बन्धित मुद्दाहरु लगायतका शीर्षकमा छलफल गर्नेछौ |


Host : Binita Subedi, Co-Created by: Rakshya Awasthi

Resources Prepared by: Binita Subedi