नेपालमा भएकाे २०६३ सालको दोस्रो जनआन्दोलन पश्चात् , नेपाली नागरिकता सम्बन्धी कानुन बनाइयो । त्यस कानुनले समय सापेक्षको माग पूरा गर्न नसकेको आभास गरी "नेपाल नागरिकता ऐन, २०६३ लार्इ संशोधन गर्न बनेको विधेयक", २०७५ सालमा संघीय सदनमा प्रस्तुत गरियो । तर अझै पनि यो विधेयक संघीय सदनमा विवादास्पद रूपमा चर्चाको विषय बनेर छलफलमै रहेको छ । तसर्थ नागरिक प्रमाणपत्रले राष्ट्रको नागरिकका रूपमा पहिचान दिने भएकाले, नागरिकता र यससँग सम्बन्धित सम्पूर्ण विषयलार्इ संवेदनशील ढङ्गमा तर्जुमा गरिनु पर्दछ । यसै कुरालाई मध्यनजर र विस्तृतमा अधध्यन गरी याे पाेडकास्ट हजुरहरु सामु प्रस्तुत गरिन्छ। Host ; Dipsikha Guragain, Co-created by; Dikpal, Dipsikha and Sujata.
Resources:
Constitution of Nepal (Refer to Part 2 for citizenship-related points)
Existing Citizenship Act (Law) Proposed Citizenship Amendment Bill (Proposed Law)


