Mum Mane Ama - Mum माने आमा
Mum Mane Ama - Mum माने आमा
SBS
Mum Mane Ama shares stories about women of Nepali heritage in Australia who are new mums or about to become one. We discuss the issues, share experiences and ask the experts on best practices, tips and tricks. - मम् माने आमा पोडकास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।
10. Father’s role in raising a child and single mum’s challenges - १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती
In the last episode of Mum Mane Ama, fathers have shared their parenthood journey. Asim Gautam and Dhiraj Kandel have outlined their responsibilities as dads. And Raj Kumar Prajapati shares his heartbreaking experiences of raising a child with special needs. Single mums Kripa Gurung and Bobby Lama talk about the challenges of single parenting and overcoming them. - अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको अन्तिम भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ।  साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।    
Apr 5, 2022
1 hr 46 min
9. Going through IVF treatment - ९. आइभीएफ प्रक्रियामा जाँदाको अनुभव
In this episode of Mum Mane Ama, two mums based in Melbourne participated to tell their stories of using IVF. Both the participants have different experiences because of their different circumstances. Sirjana Rai who is in a same-sex relationship and is now a mother of two talks about why the process is different in her case. And, Rojina Maharjan shares her emotional journey of having her first baby while going through the IVF process. Dr Seema Mohiuddin is a Sydney-based fertility specialist and gynecologist who gives expert advice on matters related to IVF treatment. - यस पोड्कास्ट शृङ्खलाको नवौँ भागमा आइभीएफ र यो प्रक्रियाका बारेमा कुराकानी गरिएको छ। मेलबर्न निवासी रोजिना महर्जन र सृजना राई दुवै यही प्रविधिका माध्यमले आमा बनेका भए पनि यी दुईका परिस्थितिहरू भने समान छैनन्। समलिङ्गी सम्बन्धमा रहेकी सिर्जना र ४ वर्ष आफ्नो श्रीमानका साथ बच्चा जन्माउने सपना बुनेकी रोजिनाको आइभीएफ यात्राबारे कुरा गरेका छौँ। त्यस्तै सिड्नीको एक फर्टीलिटि क्लिनिकमा कार्यरत स्त्री रोग विशेषज्ञ र आइभीएफ प्रक्रियाका बारेमा जानकार रहेकी सीमा मोहिउद्दिनसँग यसको प्रक्रिया र बुझ्नु पर्ने कुराहरूबारे सुझाव लिएका छौँ।
Mar 29, 2022
1 hr 5 min
8. Work-life balance for mums  - ८. काम र बच्चा स्याहारको सन्तुलन
Parental leave payments and many other benefits for new mums don’t apply for many, but according to the participants of the Mum Mane Ama podcast, going back to work also has many challenges. In this eighth episode of Mum Mane Ama, Kristina Thapa, Mira Yadav, Richa Silwal, and Sushmita Khatri Khadka talk about their financial hardship during unpaid parental leave, work-life balance experience, and many other challenges. And Dr Rija Khanal puts her thought into the positives of sending children to child care centers. - बच्चालाई जन्म दिनु अघि जागिर खाने वा व्यवसाय गर्ने आमाहरूलाई सुत्केरी बिदामा रहँदा आर्थिक भार पर्ने र फेरी काममा फर्कने निर्णय पनि चुनौती पूर्ण हुने बारे Mum माने आमाको आठौँ भागमा कुरा गरिएको छ। यस भागमा सहभागी आमाहरू क्रिष्टिना थापा, सुष्मिता खत्री खड्का र ऋचा सिलवालले सुत्केरी बिदामा बस्दाको आर्थिक चुनौती, बच्चालाई चाइल्ड केयर पठाउने र काममा फर्किने निर्णयका बारेमा आफ्ना अनुभव राखेका छन्। मेलबर्नबाट डाक्टर रिजा खनालले बच्चालाई चाइल्ड केयर पठाउँदा सुनिने आमाहरूका चिन्ताबारे बताएकी छिन्।  
Mar 22, 2022
36 min
7. Training a child and its challenges  - ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती
As a child grows so does mum’s anxiety. Participants of the Mum Mane Ama podcast share their motherhood journey from breastfeeding, potty training, sleep training to language training. In this episode, you will hear the voices of Krishtina Thapa, Sushmita Khatri Khadka, and Rojina Maharjan. Krishtina Thapa, a food technician, talks about what is the next best option to feed babies other than breast milk. And Dr Rija Khanal gives advice on training children for new things. The nature of information and advice in this podcast series is general. Please contact your medical advisor for appropriate advice on your situation. - Mum माने आमाको सातौँ भागमा क्रिष्टिना थापा, रोजिना महर्जन र सुष्मिता खत्री खड्काले आफ्नो बच्चालाई प्रथम शिक्षिकाको रूपमा ब्रेस्टफीड गर्न देखि टोइलेट ट्रेनिङ गराउने सम्मको सिकाउने यात्रामा भोगेका अनुभव सुनाएका छन्। क्रिष्टिना थापा जो आफै खाद्य विशेषज्ञ हुन्, उनले फर्मुला बच्चाको लागी कस्तो हुन्छ भन्ने बारे बताएकी छिन्।त्यस्तै बाल स्वास्थ्यको क्षेत्रमा कार्यरत डा रिजा खनालले यसरी बच्चाहरूलाई कुनै नयाँ कुरा सिकाउँदाके कस्ता कुराहरूमा ध्यान दिने भन्ने बारे सुझाव दिएकी छिन्। 
Mar 14, 2022
36 min
6. Autism Spectrum Disorder in children - ६. बच्चामा अटिज्म स्पेक्ट्रम डिसअर्डर
Melbourne-based Paru Sapkota says it was very difficult to accept the fact that her child is on the spectrum and nothing made sense to her.In this Sixth episode of Mum Mane Ama along with Paru Sapkota, Mira Yadav from Sydney shares her experience of waiting for the diagnosis of her child and the frustration she felt because of the long waiting time. Dr Rija Khanal who works in the child health sector and Aastha Koirala a Speech Pathologist from Nepal who has studied the same in Australia have some advice for parents about autism. The nature of information and advice in this podcast series is general. Please contact your medical advisor for appropriate advice on your situation. - Mum माने आमाको छैठौँ भागमा मेलबर्न निवासी पारु सापकोटाले आफ्नो बच्चामा अटिज्म डाइग्नोसिस भएपछिका आफ्ना अनुभवहरू बाँडेकी छन् भने आफ्नो बच्चामा अटिज्मको आशंका लागे पछि त्यसको डाइग्नोसिसको लागी पर्खेर बसेकी सिड्नी निवासी मिरा यादवले आफ्ना चिन्ता खुलेर बताउन किन आवश्यक छ भन्नेबारे आफ्नो अनुभव राखेकी छन्। अटिज्म स्पेक्ट्रम भनेको के हो र के कस्ता लक्षण देखिए पछि सहायताका लागी प्रक्रिया अगाडी बढाउँदा ठिक हुन्छ भन्ने बारे बाल स्वास्थ्यको क्षेत्रमा नै कार्यरत रिजा खनाल र नेपालमा स्पीच थेरापिस्टका रुपमा काम गरि सकेकी र अस्ट्रेलियामा पनि सोहि विषयको अध्ययन गरेकी आस्था कोइरालासँगको कुराकानी पनि राखिएको छ। यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
Mar 8, 2022
54 min
5. Hospital preparation for child birth - ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ
Welcome to a brand new Nepali podcast series on pregnancy, motherhood and everything in between, Mum Mane Ama. In this Sixth episode, hosts Sunita Pokharel and Shikha Basnet chat to a few Nepali mums in Australia who share their experiences about hospital bag preparation to the delivery process. The mums participating in this episode are Rosi Aryal Lees, Jamuna Adhikari Rijal, and Sushmita Khatri Khadka. In this episode Dr Rija Khanal, a Melbourne-based doctor advises on infant care, and Aastha Koirala who has worked in Nepal as a speech pathologist talks about hearing and reflexes tests after birth. The nature of information and advice in this podcast series is general. Please contact your medical advisor for appropriate advice on your situation. - नयाँ नेपाली पोड्कास्ट शृङ्खला "Mum माने आमा"को पाचौँ एपिसोडमा, सुत्केरी बेथा लागे देखि बच्चा जन्मिदा सम्मको अनुभव प्रस्तुत गरिएको छ । पोड्कास्टको यस अङ्कमा रोजी अर्याल लीज, जमुना अधिकारी रिजाल र सुष्मिता खत्री खड्काले हस्पिटलको बसाइका बेला भोगेका अनुभव साटेका छन्। साथै  मेलबर्नबाट डा. रिजा खनाल र स्पीच थेरापिस्ट आस्था कोइरालाले बाल स्वास्थ्यबारे दिएको सुझाव समेटिएको छ।  यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्। 
Mar 1, 2022
32 min
4. Comparing motherhood experiences in Nepal and Australia  - ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव
Welcome to a brand new Nepali podcast series on pregnancy, motherhood, and everything in between, Mum Mane Ama. The fourth episode compares antenatal care, childbirth, and postnatal care in Nepal and Australia. The hosts, who became mum in Australia, have a conversation with a new mum from Nepal Sewa Bhattarai. In this episode, Dr. Sirjana Sharma, a Sydney-based GP advises on antenatal and postnatal care. The nature of information and advice in this podcast series is general. Please contact your medical advisor for appropriate advice on your situation - नयाँ नेपाली पोड्कास्ट शृङ्खला "Mum माने आमा"को चौथो एपिसोडमा, अस्ट्रेलिया र नेपालमा गर्भावस्था, सुत्केरी स्याहार र शिशु स्याहारमा देखिने भिन्नता बारे कुरा गरिएको छ। पोड्कास्टको यस अङ्कमा नेपालबाट पहिलो पटक आमा बनेकी सेवा भट्टराईले आफ्ना अनुभव सुनाएकी छन् भने ऋचा सिलवाल र प्रस्तोता द्वयबाट अस्ट्रेलियामा आमा बन्दाका अनुभव साटिएको छ। साथै जेनेरल प्राक्टिस्नर डा. सिर्जना शर्माबाट स्वास्थ्य सल्लाह लिएका छौँ। यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
Feb 22, 2022
33 min
3. Pregnancy: experience and challenges - ३. गर्भावस्था: अनुभव र चुनौतीहरू
Welcome to a brand new Nepali podcast series on pregnancy, motherhood and everything in between, Mum Mane Ama. In this third episode, hosts Sunita Pokharel and Shikha Basnet chat to a few Nepali mums in Australia who share their experiences about challenges they had to face during pregnancy. The mums participating in this episode are Rosi Aryal Lees, Jamuna Adhikari Rijal, and  Sushmita Khatri Khadka. In this episode Dr Sirjana Sharma, a Sydney-based GP advises on antenatal care. The nature of information and advice in this podcast series is general. Please contact your medical advisor for appropriate advice on your situation. - नयाँ नेपाली पोडकास्ट शृङ्खला "Mum माने आमा"को तेस्रो एपिसोडमा, अस्ट्रेलियामा रहेका केही नेपाली आमाहरूले गर्भावस्था अनुभव र चुनौतीका बारेमा आफ्ना कुरा राखेका छन्। पोडकास्टको यस अङ्कमा तीन गर्भावस्थाको अनुभव बोकेका रोजी अर्याल लीज, जमुना अधिकारी रिजाल, पहिलो पटक आमा बनेकी सुष्मिता खत्री खड्का, जेनेरल प्राक्टिस्नर डा. सिर्जना शर्माका साथै प्रस्तोता द्वय सुनिता पोखरेल र शिखा बस्नेतको विचार सुन्न सकिन्छ।  यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
Feb 15, 2022
31 min
2. Parenting during COVID-19  - २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव
Welcome to a brand new Nepali podcast series on pregnancy, motherhood and everything in between, Mum Mane Ama. In this second episode, hosts Sunita Pokharel and Shikha Basnet chat to a few Nepali mums in Australia who share their experiences about falling pregnant and giving birth during the pandemic.They also talk about the importance of the partner's support throughout and especially post-delivery. The parents participating in this episode are Medha Niraula and Prajwal Wasti, Anita Dhakal and Ishan Kuwar, Sabina Pokharel and Dr Sirjana Sharma, a Sydney-based GP.The nature of information and advice in this podcast series is general. Please get in touch with your medical advisor for appropriate advice on your situation. - नयाँ नेपाली पोडकास्ट शृङ्खला "Mum माने आमा"को दोस्रो एपिसोडमा, अस्ट्रेलियामा रहेका केही नेपाली आमाहरूले कोभिड-१९ महामारीका बिच नव-अभिभावक बन्दाका आफ्ना अनुभवहरू सुनाएका छन्।  पोडकास्टको यस अङ्कमा पोडकास्ट प्रस्तोताहरू शिखा बस्नेत र सुनिता पोखरेलसँग मेधा निरौला र प्रज्वल वस्ती, अनिता ढकाल र इशान कुँवर, सबिना पोखरेलका साथै सिड्नीमा जीपीका रूपमा कार्यरत डा. सिर्जना शर्माले व्यक्त गर्नु भएको विचारहरू सुन्नुहुनेछ।   यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्।  तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
Feb 8, 2022
31 min
1. Pregnancy Planning: Conception and Challenges - १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू
Welcome to a brand new Nepali podcast series on pregnancy, motherhood and everything in between, Mum Mane Ama. In this episode, hosts Sunita Pokharel and Shikha Basnet chat to a few Nepali mums in Australia who share their experiences about falling pregnant, unplanned pregnancy and what to do when things don’t go to plan. Mothers participating in this episode are Ratna Maharjan, Richa Silwal and Sarju Deuja, and Dr Sirjana Sharma, a Sydney-based General Practioner. The information and advice in this podcast series are general. Please get in touch with your medical advisor for appropriate advice on your situation.  - गर्भावस्था, मातृत्व अनि यी बिच पर्ने सबै कुरा - नयाँ नेपाली पोडकास्ट शृङ्खला - मम माने आमामा, स्वागत छ।  यस पहिलो एपिसोडमा, प्रस्तोता द्वय सुनिता पोखरेल र शिखा बस्नेतले अस्ट्रेलियामा रहेका केही नेपाली आमाहरूसँग कुराकानी गर्दै गर्भवती हुने, अनियोजित गर्भधारण र योजना अनुसार काम नहुँदा के गर्ने भन्ने बारे आफ्ना अनुभवहरू साटेका छन्। यस एपिसोडमा तपाईँले रत्ना महर्जन, ऋचा सिलवाल र सर्जु देउजाका साथै सिड्नीस्थित डा. सिर्जना शर्माको विचारहरू सुन्नुहुनेछ। यस पोडकास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्।तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
Feb 1, 2022
38 min
Load more