====== كلمات الحياة" ، "الأخبار السارة" ، "ترانيم الإنجيل" - اللغات الرئيسية المستخدمة في البحرين" / "Words of Life", "Good News", "Gospel Songs" - Main Languages Spoken in  Bahrain ======
====== كلمات الحياة" ، "الأخبار السارة" ، "ترانيم الإنجيل" - اللغات الرئيسية المستخدمة في البحرين" / "Words of Life", "Good News", "Gospel Songs" - Main Languages Spoken in Bahrain ======
Bahrain Words of Life
Episode 1: नेपाली - "दुई बाटो" mp3
2 minutes Posted Jan 11, 2022 at 9:27 pm.
0:00
2:34
Download MP3
Show notes
 Nepali - "The Two Roads".mp3 / mp3."النيبالية - "ال اثنين الطرق  //यूहन्‍ना 1वचन देहधारी हुनुभयो1. आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो। 2. उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो।3. सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। 4. उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो। 5. त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन।6. परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो। मत्ती ३:१; मर्क १:४; लूक ३:१-२ 7. उनीद्वारा सबैले विश्‍वास गरून्‌ भनेर त्‍यस ज्‍योतिको गवाही दिन उनी साक्षी भई आए। 8. उनी आफै त्‍यो ज्‍योति थिएनन्, तर त्‍यस ज्‍योतिको गवाही दिन आए।9. हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदैहुनुहुन्‍थ्‍यो। 10. उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। 11. उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌। 12. तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो। 13. तिनीहरू रगतद्वारा, शारीरिक इच्‍छाद्वारा, र कुनै मान्‍छेको इच्‍छाद्वारा होइन तर परमेश्‍वरबाट जन्‍मिएका हुन्‍छन्‌।14. अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।15. यूहन्‍नाले उहाँको विषयमा गवाही दिँदै उच्‍च स्‍वरले भने, “उहाँ त्‍यही व्‍यक्ति हुनुहुन्‍छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो’।” 16. उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं। 17. किनभने व्‍यवस्‍था मोशाद्वारा दिइयो, अनुग्रह र सत्‍यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए। 18. परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।