Show notes
Nepali Catholic hymn - "My Lord With These Hands".3gp / 3gp."ترنيمة كاثوليكية نيبالية - "ربي مع هاتين اليدين //१ कोरिन्थी 15ख्रीष्टको पुनरुत्थान1. भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ। 2. यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ।3. किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। यशै ५३:५-१२ 4. उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। भज १६:८-१०; मत्ती १२:४०; प्रे २:२४-३२ 5. उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो। मत्ती २८:१६-१७; मर्क १६:१४; लूक २४:३४,३६; यूह २०:१९ 6. त्यसपछि उहाँ एकै समयमा पाँच सयभन्दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन् तर कोही-कोही सुतिसकेका छन्। 7. त्यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो। 8. सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिसकहाँ जस्तो मकहाँ पनि उहाँ देखा पर्नुभयो।प्रे ९:३-६9. किनकि प्रेरितहरूमध्ये म सबैभन्दा तुच्छ हुँ। म प्रेरित भनिन योग्य छैनँ। किनभने मैले परमेश्वरको मण्डलीलाई खेदो गरें।प्रे ८:३ 10. तर म जो छु, त्यो परमेश्वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्वरको अनुग्रहले हो। 11. यसकारण मैले भए पनि अथवा तिनीहरूले भए पनि, हामी जो प्रचार गर्दछौं, सो तिमीहरूले विश्वास गरेका छौ।


