Show notes
पोहोर साल देशैभरि फैलिएको डेंगी रोगका कारण झन्डै ५५ हजारजना सङ्क्रमित भएका थिए भने ८८ जनाको ज्यान गएको थियो। यो वर्ष पनि अब बर्खा लागेसँगै डेंगीजस्ता रोग सर्ने मुख्य मौसम सुरु भएको छ। डेंगी संक्रमणको अहिलेसम्मको अवस्थाकाबारे सञ्जय ढकालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालसँग गरेका कुराकानी।

