Mero Report
Mero Report
EAI Nepal
मायासँग मनका कुरा १३ – उच्च महत्वाकाँक्षाले जोखिम निम्त्याउन सक्छ
28 minutes Posted Sep 18, 2021 at 5:17 am.
0:00
28:12
Download MP3
Show notes

मायासँग मनका कुरा १३ – उच्च महत्वाकाँक्षाले जोखिम निम्त्याउन सक्छ

‘उच्च महत्वाकाँक्षाले हामीलाई विभिन्न किसिमको जोखिम, जस्तै: मानव बेचबिखन, ठगी, श्रम शोषणमा पार्न सक्छ’

टन्न कमाउने, धनी हुने र उत्कृष्ट जिन्दगी बाँच्ने सपना बोकेर खुसी र इन्दिरा दुई किशोरी राजधानी सहर पसेका छन् । उनीहरू कोहलपुरबाट काठमाण्डौँआइपुगे । ल्याएको पैसा सकियो, बिरानो सहरमा पैसाबाहेक अरू आफन्त नहुने रहेछन् । खुसी र इन्दिरालाई कोठा खोज्नै समस्या भो । उनीहरूले एउटा ब्युटी पार्लरमा काम थाले । किशोरीबाट फइदा लिन खोज्नेहरू जताततै घुमिरहेकै थिए । ब्युटी पार्लरको काम सिकिरहेका खुसी र इन्दिरालाई डान्स बारमा नचाउने चाहने मान्छेले पैसा र कामको अफर गरेको छ । तर ती किशोरीहरूले निर्णय गरिसकेका छैनन् ।

हामीले सपना देख्नु या भनौँ उच्च महत्वाकाँक्षा राखेर देखेका सपनाहरू पुरा गर्नतिर लाग्नु नराम्रो होइन तर कुनै पनि महत्वाकाँक्षा लक्षित विषयहरूमा राम्रो सोचविचार नगरी लागिपरियो भने हामी मानव बेचबिखनमा पर्न सकिन्छ । त्यस कारण हामीले गर्ने हाम्रा जीवनको हरेक निर्णयहरूमा धेरै सोचविचार पुर्‍याउन, घरपरिवारसँग छलफल गर्न अत्यन्त जरुरी हुन्छ ।

बाँके, सुनसरी र मोरङका रेडियोहरूबाट प्रसारण र सामाजिक सञ्जालहरूबाट पोडकास्ट हुँदै आइरहेको कार्यक्रम ‘मायासँग मनका कुरा’ वैदेशिक रोजगारी, घरेलु श्रम लगायत क्षेत्रहरूमा हरेक किसिमबाट हुँदै आइरहेको मानव बेचबिखन विरुद्धका विषयवस्तुलाई सशक्त रूपमा उठान गरिन्छ ।

खुसी र इन्दिरा जस्तै बाँके, मकवानपुर र सुनसरीका साथीहरूको आत्मकथा पनि घतलाग्दो छ । जीवनमा आफू खुसी साथीको बहकाइमा, सोचविचार नै नगरी लिएका निर्णय(पढाइ, वैदेशिक रोजगारी, हतारमा गरेको बिहे)का कारण अहिले पछुताउन परेको अनुभवहरू तपाई हामी मध्ये धेरैसँग छ ।

साथीहरूले ‘आफ्नो जीवनमा कुनै पनि कुराका बारेमा निर्णय लिँदा जस्तै बिहेवारिका विषयमा, पढाई सम्बन्धी, भविष्यको आफ्नो लक्ष्यको बारेमा, वैदेशिक रोजगारी लगायतका विषयहरूबारे निर्णय लिनु अघि के कस्तो कुराहरूमा सोचविचार गर्नुहुँदो रहेछ त भनेर उहाँहरू आफैँले बत्ताउनुभएको छ । ।

थानकोटका साथी विवेक पुनको घतलाग्दो प्रश्न छ, मानव बेचबिखन कसरी हुन्छ, मानव बेचबिखन गर्नेलाई कसरी चिन्ने ? मानव बेचबिखन गर्ने तस्करहरू हाम्रै वरिपरि हाम्रै भेसभुसामा र आफन्तकै भेषमा पनि हुन सक्छन्, हामी जो कोही पनि बेचबिखनमा पर्न सकिन्छ त्यसैले हामी जतिखेर पनि सर्त रहनुपर्छ ।