डोल्मा स्याङ्वा, कालिका रसुवा जेठ २३ – रसुवाको कालिका गाउँपालिकाले कोभिडबिरुद्ध सन्तोषजनक प्रतिकार्य गरिरहेको दावी गरेको छ । पालिकाले वडा नंवर २ मा कोभिड नियन्त्रणका लागि जिबजिबे ग्रामीण अस्पतालमा मात्र बिरामीको उपचार गर्ने सहज नभएको कारण अस्पताल नजिकै रहेकोे नीलकण्ठ माद्यमिक बिद्यालयमा आइसुलेसनको व्यवस्था गरेको छ । उपाचरको लगि ५ जना डाक्टरले सेवा दिदै अइरहेको पलिकको अध्यक्ष सितकुमरी अधिकारीले जानकारी दिनुभयो ।
१५० भन्दा बढी कोभिड सङ्क्रमित भएका र उपचारको क्रममा निको हुने सख्या पनि बढ्दै गएको तथा २ जना सङ्क्रमितले ज्यान गुमाएको उहाँले बताउनु भयो । बिरामीको लगि भनी व्यवस्था गरिएको आइसुलेसनमा पालिका भित्रको बिरामी मात्र नभई उतारगया र नौकुन्ड का बिरामीले पनि उपचार गर्न पाउने र अर्थिक अवस्था कम्जोर भई उपाचर गर्न नसकेको परिवारलाई निशुक्ल उपाचर सेवा दिने अध्यक्षले बताउनु भयो ।
जनातलाई कोभिडबाट बच्नको लगि अपनाउनु पार्ने सावधानीबारे सञ्चार मध्यमबाट जनचेतना फैलाएको र एम्बुलेनसको व्यवस्था गरेको, एम्बुलेनसको भाडा पलिकाले तोकेको अनुसार तिर्नुपर्ने यदि तिर्न नसकेमा निशुल्क व्यवस्था गरेको पलिकाले जनाएको छ । अन्य ठाँउको तुलनामा ओक्सिजनको अभाव भएर बिरामीले ज्यान गुमाउन नपर्ने, यसका लागि नेपाल सेना, प्रहरी र अन्य सस्थाबाट सहयोग प्राप्त भएको तथा यस बर्षको बजेटका लागि कोरोनको जोखिमले वडा–वडामा छलफल भइरहेको नगरपालिकाले वताएको छ ।


