====== كلمات الحياة" ، "الأخبار السارة" ، "ترانيم الإنجيل" - اللغات الرئيسية المستخدمة في البحرين" / "Words of Life", "Good News", "Gospel Songs" - Main Languages Spoken in  Bahrain ======
====== كلمات الحياة" ، "الأخبار السارة" ، "ترانيم الإنجيل" - اللغات الرئيسية المستخدمة في البحرين" / "Words of Life", "Good News", "Gospel Songs" - Main Languages Spoken in Bahrain ======
Bahrain Words of Life
Episode 1: नेपाली - "येशू: शिक्षक र निको पार्ने।" 3gp
35 minutes Posted Jan 13, 2022 at 8:11 am.
0:00
35:13
Download MP3
Show notes
Nepali(नेपाली) "Jesus: Teacher & Healer".3gp / 3gp.:النيبالية - "يسوع:  المعلم والمعالج //१ कोरिन्थी 13प्रेम1. मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु। 2. मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ। मत्ती १७:२०; २१:२१; मर्क ११:२३ 3. यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।4. प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। 5. प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन। 6. प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ। 7. प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।8. प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ। 9. हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ। 10. तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।11. जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ। 12. अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।13. अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।